सवारी दुर्घटनामा ६ वर्षीय छोराको मृत्यु, बुबा घाइते

सवारी दुर्घटनामा ६ वर्षीय छोराको मृत्यु, बुबा घाइते

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-५, श्रृजनानगरमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा ४ ख ५७९६ नम्बरको बस एक आपसमा ठोकिँदा मोटरसाइकलमा पछाडि सवार ६ वर्षीय आर्जन शेर्पाको मृत्यु भएको हो।

नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा परी उनका बुबा मोटरसाइकल चालक दोलखा विगु गाउँपालिका-६ खोपाचागु घर भई हाल काठमाडौ बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते भएका छन्। 

हाल उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

प्रहरीले दुर्घटना भएका सवारी साधन तथा बस चालक दोलखा भिमेश्वर नगरपालिका-४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाई र कार चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-२ इताछे बस्ने २६ वर्षीय रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.