छठ मनाउन आरजु राणा जनकपुरधामको गंगासागर घाटमा
जनकपुरधाम: जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा प्रधानमन्त्री पत्नि आरजु राणाले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन् ।
धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको पर्व छठ मनाउन राणा जनकपुरधाम पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएको नेपाली कांग्रेस नेतृ ममता महतोले जानकारी दिईन् । उनले भनिन, ‘पूर्व निर्धारित कार्यक्रम अनुसार उहाँले जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा गएर छठ व्रतालुहरुसंगै अस्ताउँदो सूर्यको आराधना गरेर विधिविधान अनुसार अर्घ दिनुभएको हो ।’
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिन नेतृ राणा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिका जाने कार्यक्रम छ ।