यस्तो देखियो कमलपोखरीको छठ पूजा
काठमाडौं: देशभरका नदी तलाउमा छठ पूजा गरिएको छ। छठ पूजाका लागि यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।
यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिएको छ ।
तस्बिरमा हेर्नुहोस कमलपोखरीमा गरिएको छठ पूजा
तस्बिरहरू बिकेश शाक्य