उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

जनकपुरधाम : उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व बिधिवत सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ । 

छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । 

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपुर्ण पर्वको रुपमा छठलाई लिइन्छ । तराई मधेशको मुख्य पर्वहरुमध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छ । 

‘छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको छ। यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिधेँर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको हो’ मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् रामभरोस कापडिले कापडिले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.