सोमालियामा कार बम विस्फोट : १०० जनाको मृत्यु, ३०० घाइते
मोगादिसु (एएफपी) : सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार आक्रमण हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएकोे छ। ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय पुगेको छ र ३ सय जना घाइते भएका छन्।साथै मृत्यु र घाइते दुवैको संख्या अझै बढिरहेको छ’, राष्ट्रपति हसन शेख मोहमुदले आइतबार भने।प्रत्यक्षदर्शीले भने आक्रमणमा मारिनेको संख्या १ सय नाघिसकेको बताएका छन्।
सोमालियाको व्यस्त जोब जक्सननजिकै केही मिनेटको अन्तरालमा बिस्फोटक पदार्थले भरिएका दुइटा कार बिस्फोट भएका थिए।शिक्षा मन्त्रालयलाई लक्ष्य गरी गोली चलाइएको थियो। शनिबार दिउँसोको बिस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धुलोको मुस्लो हावामा उडेको देखिएको थियो।सन् २०१७ को अक्टोबर १४ मा बिस्फोटक पदार्थले भरिएको ट्रकमा बिस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए।
मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ’यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ।‘यो ठीक होइन।ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन’, उनले इस्लामिक समूह अल–शबाबलाई संकेत गर्दै भने।