भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुग्यो
एजेन्सी : भारतको गुजरातस्थित मोरबीमा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ।
मच्छु नदीमाथिको पुल आइतबार साँझ भाँचिएको थियो।
सो पुल १४३ वर्ष पुरानो भएको बताइएको छ।
गुजराती नयाँ वर्ष मनाउने क्रममा आइतबार करिब ५०० जना पुलमा चढेका थिए। पुलले थेग्न नसकेपछि करिब ४०० सय नदीमा खसेका थिए।
त्यसमध्ये १४१ जनाको ज्यान गएको बीबीसीमा समाचार छ।
घटना लगत्तै करिब ६८ जनाको शव नदीबाट निकालेको थियो।
रातिबाट उद्दार कार्य जारी रहेको र धेरै मानिस वेपत्ता भएको बताइएको छ।
पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ।