भक्तपुरबाट लागुऔषधसहित एकजना पक्राउ
![भक्तपुरबाट लागुऔषधसहित एकजना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrest_20221031124433_AwgoxhTt8Z.jpg)
भक्तपुर : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागुऔषध विक्री वितरण तथा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लाहान नगरपालिका - ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनलाई नाइट्राभेट –६०० सय थान ट्याव्लेट लागुऔषधसहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले जनाए ।
उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)