धानसँग अदुवा, बेसार साट्दै किसान

धानसँग अदुवा, बेसार साट्दै किसान

घोराही : दाङ बंगलाचुली गाउँपालिका–२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन्। पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उनी त्यसतर्फ आकर्षित हुनु भएका हुन्। मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उनीजस्तै अन्य किसानले वर्षभरिलाई पुग्ने धान साट्छन्। 

‘मर्पेस र खारा क्षेत्रमा धानलगायतका अन्य अन्नबालीको उत्पादन राम्रो छैन, त्यसैले यहाँका अधिकांश किसान अदुवा, घुइया र बेसार खेती गर्छन्।’, विकले भने, ‘किसानहरूले आफूले उत्पादन गरेका घुइया, बेसार र अदुवा धेरैजसो घोराही उपमहानगरपालिकासम्म पुर्‍याउँदै आएका छन्।’ 

धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका अध्यक्षसमेत रहेका किसान विकले आफूहरूलाई यही व्यवसायबाटै खुसी मिल्ने गरेको बताए। उनले पनि हाल चार रोपनी जग्गामा घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन्। समूहमा २० घर परिवारका किसान आबद्ध छन्।

पालिकाभित्रका सबै वडामा यसको खेती हुँदै आए पनि व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या भने डेढ सयको हाराहारीमा रहेको उनको भनाइ छ। सोही स्थानमा लामो समयदेखि अदुवा, घुइया र बेसार खेती गर्दै आएका किसान हिरा पुन यसबाट आफूहरूले राम्रो आम्दानी गरिरहेको बताउँछन्। 

‘आफूले उत्पादन गरेका वस्तुबाट सात महिनाका लागि पुग्ने अन्न साट्न सकिन्छ’, उनले भने, ‘धान रोप्ने हो भने अन्य अन्नबालीको उत्पादन घट्ने भएपछि यसैलाई निरन्तरता दिएका हौं।’ धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका कोषाध्यक्ष वीरबहादुर सुनारले पनि यो क्षेत्रको हावापानीसमेत राम्रो भएकाले अदुवा, घुइया र बेसारको व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या बढ्दै बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.