ब्राजिल मा लुला दा सिल्भा राष्ट्रपतिमा विजयी : बोल्सोनारो समर्थकले गरे आगजनी र नाकाबन्दी

ब्राजिल मा लुला दा सिल्भा राष्ट्रपतिमा विजयी : बोल्सोनारो समर्थकले गरे आगजनी र नाकाबन्दी

ब्राजिल : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला दा सिल्भाले निकट प्रतिस्पर्धी बोल्सोनारोलाई पराजित गरेका छन्। लुला दा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका थिए।

लुलाको जितपछि ब्राजिलको अवस्था बिग्रँदै गएको देखिन्छ । बोल्सोनारोले आफ्नो हार स्वीकारेका छैनन्।  बोल्सोनारो समर्थकले चुनावी नतिजालाई स्वीकार नगर्ने र चुनौती दिन सक्ने आशंका गरिएको छ । 

बोल्सोनारोले मंगलबार चुनावी नतिजाहरूमाथि टिप्पणी गर्न सम्भावना रहेको क्याविनेटका एक मन्त्रीले बताएका छन्। बोल्सोनारोका समर्थन ट्रक चालकहरूले ब्राजिलका धेरै ठाउँहरूमा महत्त्वपूर्ण सडकहरू अवरुद्ध गरेका छन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विरोध प्रदर्शनको भिडियो फुटेजमा केही ट्रक चालकहरूले लुलालाई राष्ट्रपति बन्नबाट रोक्न सैन्य विद्रोहको आह्वान गरेको देखाइएको छ।

ब्राजिलको संघीय राजमार्ग पुलिसले जानकारी दिएअनुसार प्रदर्शनकारीले ३२१ स्थानमा विरोध प्रदर्शन गरेका छन् भने २६ राज्यहरूमा पूर्ण वा आंशिक रूपमा सडकहरू बन्द छन्।

ट्रक चालकहरूले सर्वोच्च अदालतको अगाडि घेराबन्दी गरेको खबर आएपछि प्रहरीले ब्राजिलियामा केन्द्रीय सरकारी कार्यालयहरू जाने बाटोहरू बन्द गरेको छ।

 डिजेलको मूल्य कम गर्ने नीति आदिका कारण बोल्सोनारोका सबैभन्दा ठूला समर्थक ट्रक ड्राइभरहरु भएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.