ब्लूमबर्गले सार्वजनिक गर्‍यो विश्वका २५ धनीको सूची : अम्बानी परिवार छैठौं स्थानमा

ब्लूमबर्गले सार्वजनिक गर्‍यो विश्वका २५ धनीको सूची : अम्बानी परिवार छैठौं स्थानमा

वासिङटन डिसी : ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ।  तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ:

२२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ।

अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १६० बिलियन डलर छ। मार्स परिवारको मुख्य व्यवसाय कन्फेक्शनरी र पेट केयर हो। यो संसारको सबैभन्दा ठूलो पेट केयर उत्पादन कम्पनी हो। अहिले मार्स परिवारको पाँचौं पुस्ताले कारोबार गरिरहेको छ।

तेस्रो नम्बरमा कोच इन्डस्ट्रियल घराना रहेको छ। यो परिवारको कुल सम्पत्ति १२८ अरब डलर छ। 

फ्रेडरिक कोचले पहिलो पटक १९४० मा 'वुड रिभर आयल र रिफाइनिङ कम्पनी'को स्थापना गरेका थिए। अहिले यो परिवारको पनि तेस्रो पुस्ताले नै व्यापार गरिरहेको छ।

साउदी अरबको अल साउद परिवार धनी व्यापारिक घरानाको सूचीमा चौथो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १०५ अरब डलर छ। 

साउदी राजकुमार मोहम्मद बिन सलमानको नियन्त्रणमा १०० अरब डलरभन्दा बढीको व्यापारिक सम्पत्ति छ।

पाँचौं नम्बरमा फ्रान्सको हर्म्स परिवार छ। यस व्यवसायिक घरानाको कुल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ।
 
यो सूचीमा छैटौं स्थानमा भारतको अम्बानी परिवार परेको छ। धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९९५ मा, धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।

अम्बानी परिवारको कुल सम्पत्ति हाल ८५ अर्ब डलर नजिक छ। २००२ मा धीरुभाई अम्बानीको मृत्यु पछि उनको व्यवसाय अनिल अम्बानी र मुकेश अम्बानीमा विभाजित भयो। अहिले अम्बानी परिवारको तेस्रो पुस्ता व्यवसायमा छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.