ब्लुटिक शुल्कबारे मस्क भन्छन् : ट्विटर विज्ञापनदाताको भरोसामा मात्र चल्न सक्दैन

ब्लुटिक शुल्कबारे मस्क भन्छन् : ट्विटर विज्ञापनदाताको भरोसामा मात्र चल्न सक्दैन

वासिङटन डिसी : अमेरिकी व्यवसायी एलन मस्कले मंगलबार ट्विटरमा ब्लु(निलो)टिक लगाउने मानिसले पैसा तिर्नुपर्ने बताएका छन्। उनले ट्विटर विज्ञापनदाताको भरोसामा मात्र चल्न नसक्ने उल्लेख गरेका हुन्।

ट्विटरले आफ्नो स्थापनाकालदेखि नै प्रतिष्ठित व्यक्ति र संस्थाहरूलाई ब्लु टिक दिइरहेको छ। हाल सामाजिक सञ्जालको दुनियामा ब्लुटिक प्रतिष्ठाको मानक बनेको छ।

तर ट्विटरले हालसम्म यसको लागि पैसा लिएको थिए। हालसालै मस्कले ट्विटर किनेपछि, उनले यसलाई सशुल्क सेवामा रूपान्तरण गर्ने कुरा बाहिर आएको छ।

सोही खबरमा टिप्पणी गर्दै अमेरिकी लेखक स्टीफन किङले ट्वीट गरे, 'ब्लु टिकको लागि मैले हरेक महिना २० डलर खर्च गर्नुपर्छ? बरु ट्विटरले हामीलाई पैसा दिनुपर्छ। यदि यो लागू भयो भने, म ट्विटर छाड्ने छु।'


यसको जवाफ दिँदै एलन मस्कले लेखे, ‘हामीले ब्लुटिकको पैसा तिर्नैपर्छ, ट्विटरले विज्ञापनदाताको भरोसामा मात्र चल्न सक्दैन। आठ डलर ठिकै हुन्छ होला?'

उनले थप भने, ‘म यसलाई लागू गर्नुअघि कारण विस्तारमा बुझाउँछु। यो ट्रोल र बट्सलाई हराउने एक मात्र तरिका हो।'
बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.