अफगानिस्तान सडक दुर्घटनामा तीस घाइते
काबुल : अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन्। एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
काबुल र कान्दाहार राजमार्गमा विवाह समारोहमा गइरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।
दुर्घटनाको कारण हाल पुष्टि भएको छैन।