भारतीय सर्वोच्च अदालतले नोभेम्बर १४ मा मोरबी पुल दुर्घटनाको सुनुवाइ गर्ने
नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले गुजरातको मोरबीमा भएको पुल दुर्घटनाको सुनुवाइ १४ नोभेम्बर आइतबार गर्नेछ। यो पुल दुर्घटनामा महिला, बालबालिकासहित १४० भन्दा बढीको ज्यान गएको छ।
यस घटनामा राज्य सरकारले हालसम्म नौ जनालाई पक्राउ गरेको छ। विपक्षी दलहरुले यस विषयमा उच्चस्तरीय छानबिनको माग गरेका छन्।
अधिवक्ता विशाल तिवारीले दायर गरेको जनहित याचिकाको सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत भएको छ। तिवारीले आफ्नो निवेदनमा उक्त हृदयविदारक दुर्घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन्।
प्रधानन्यायाधीश युयु ललितको संयोजकत्वको इजलासले यस विषयमा नोभेम्बर १४ मा सुनुवाइ गर्ने जनाएको छ। बीबीसी