प्रेम सुवालसँग भिड्न गेलाललाई सकस !

प्रेम सुवालसँग भिड्न गेलाललाई सकस !

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी एमालेबाट भक्तपुर क्षेत्र नं १ को प्रतिनिधि सभाका उम्मेदबार नवराज गेलाल त्यस क्षेत्रमा उम्मेदबार बन्न चाहेकै थिएनन्। उनको योजना भक्तपुर-१ 'क' को उम्मेदवार बन्ने थियो।

प्रदेशको मात्रै आशा गरेका उनले प्रतिनिधि सभाकै टिकट पाउँदा उनीमात्र होइन उनका समर्थक पनि दु:खी छन् । 

गेलाललाई एमालेले प्रतिनिधि सभाको उम्मेदवार बनाउँदा उनका समर्थकले एमालेकै बिरोध गरेका छन् । बिरोधमात्र होइन, एमालेले प्रदेशसभामा उठाएका उम्मेदवारलाई भोट नै नदिने चेतावनी पनि दिएका छन् । 

तीन सय घरधुरीको दाहाल गाउँ र एक सय घरधुरीका गेलाल गाउँले नवराज गेलाललाई किन प्रदेशसभाको टिकट नदिएको भन्ने प्रश्न एमालेलाई सोध्ने गरेका छन् । 

प्रतिनिधि सभाको टिकट दिए पनि प्रदेश सभाकै टिकट चाहनुको मुख्य कारण हो भक्तपुर क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ हुनु । यस क्षेत्रमा अरु पार्टीको उम्मेदवारी हार्नकै लागि भन्ने मान्यता छ । हार्ने ठाउँमा प्रतिनिधि सभाको उम्मेदवारी पाउनुको साटो जित्ने ठाउँको प्रदेश सभाको उम्मेदवारीको खोजिमा थिए गेलाल ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन परिणाम र गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा नेमकिपा बाहेकका दलहरूले यस क्षेत्रमा जित्ने आशा कम गर्छन । 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको आधारमा भक्तपुर-१ मा नेमकिपाको मत ३३ हजार ८९५ छ भने एमालेको १४ हजार ११९ छ । यसैगरी कांग्रेसले १३ हजार १३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार २८६ ल्याएको छ । माओवादीले एक हजार ३८८ मत पाएको छ । 

नेमकिपाबाट उम्मेदवार बनेका प्रेम सुवालसँग प्रतिष्पर्धा गर्न एमालेका गेलाल तथा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सुनिल गोठेलाई सकस छ । 

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल झण्डै दोब्बर मतान्तरले विजयी भएका थिए । सुवालले ३३ हजार ७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । चुनावी तालमेल हुँदाहुँदै पनि माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३७४ मत मात्र पाएका थिए । सुवाल अहिले माओेवादी छाडेर एमाले पुगेका छन् । त्यतिबेला यस क्षेत्रमा ७१ हजार ९१६ मत खसेको थियो।  

२०४८ सालदेखि अहिलेसम्म भक्तपुर-१ मा नेमकिपा निरन्तर विजयी हुँदै आएको छ । यो क्षेत्रमा २०४८ सालदेखि २०७० सम्म नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले निरन्तर जितेका थिए । उनले २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी पाँच पटकसम्म भक्तपुर-१ बाट चुनाव जिते । छैटौंपटक २०७४ मा विजुक्छेंले पुस्तान्तरण भन्दै पार्टी सचिव प्रेम सुवाललाई उत्तराधिकारी बनाए । गत निर्वाचनबाट विजयी सुवाल अहिले पनि सोही क्षेत्रमा फराकिलो मतान्तरमा विजयी हुने योजनामा छन् ।

यो क्षेत्रमा जनता समाजवादी पार्टीबाट हीरालाल खडका तथा राप्रपाबाट भरत खड्काले उम्मेदवारी दिएका छन् । अर्जुन कोजु, पुष्पराम गेलाल, सुलोचना छ्वाजु र गोकर्ण नेपालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
 
भक्तपुर-१ मा नेमिकपा हावी हुने विश्लेषण भएपनि अहिले जारी चुनावी सभामा एमाले उम्मेदवार गेलाल र सत्ता गठबन्धनका उम्मेदवार गोठे भने यस पटक नतिजा उल्टने आशयसहितको मन्तव्य राख्दै हिँडेका छन् । नेमकिपाका सुवाल भने विजयी हुनेमा ढुक्क छन् ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा अन्तर्गत क्षेत्रमा (क) मा एमालेबाट मोहनवीर श्रेष्ठ, नेपाली कांग्रेसबाट सुरेश श्रेष्ठ, राप्रपाबाट राजु कुइँकेल तथा नेमकिपाबाट मिनबहादुर बाटा उम्मेदवार छन् । त्यसैगरी भक्तपुर (ख)मा एमालेबाट नारायणसुन्दर मिन्ताकल, नेपाली कांग्रेसबाट पवन भुजु, राप्रपाबाट रोशन नापित तथा नेमकिपाबाट सुरेन्द्रराज गोसाइँले उम्मेदवारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.