लरेन्स विस्नोइ गिरोहले किन सलमान खानलाई मार्न चाहन्छ ?
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको ज्यान जोखिममा रहेको भन्दै मु्म्बई प्रहरीले सुरक्षा बढाएको छ।
केही समयअघि खानलाई लरेन्स विस्नोइ गिरोह समूहले ज्यान मार्ने धम्की दिएको थियो। लगत्तै खानलाई सुरक्षा दिइएको थियो।
सलमानलाई थप सुरक्षा आवश्यक रहेको भन्दै मुम्बइ प्रहरीले सुरक्षा बढाएको जनाएको छ।
सलमानलाई ज्यान लिने धम्की आएपछि उनलाई एक्स श्रेणीको सुरक्षा दिएको थियो।
तर, मुम्बइ प्रहरीको सुरक्षा बलले खानलाई अब वाई श्रेणीको सुरक्षा प्रदान गर्ने भएको छ।
पहिला एउटा प्रहरीले मात्रै सुरक्षा दिँदै आएकोमा अब दुई प्रहरीले २४ घन्टा सुरक्षा दिनेछन्।
समाचारमा बताइएअनुसार कालो हरिण शिकार प्रकरणपछि सलमानखानसँग यो गिरोह रुस्ट भएको थियो। त्यसपछि यो समूह सलमानको पछि लागेको हो।
अभिनेता खानलाई मार्न यो समूहले पटकपटक योजना बनाउँदै आएको छ।
फिल्म रेडीको सुटिङका क्रममा पनि लरेन्सले सलमानमाथि आक्रमणको योजना बनाएको थियो। तर, असफल भएको थियो।