ज्याला नपाएपछि कामदारले विद्यालयमा लगाए ताला

ज्याला नपाएपछि कामदारले विद्यालयमा लगाए ताला

बैतडी : बैतडीका पुर्चौडी नगरपालिका-५ मा रहेको दीपज्योती आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ। 

दसैं तिहारको बिदापछि सोमबारदेखि विद्यालय खुलेको भएपनि तालाबन्दी गरिएपछि पुनः पठनपाठन ठप्प भएको छ। 

विद्यालय भवन निर्माण गरेका कामदारहरूले ज्याला नपाएपछि एक साताअघि विद्यालयमा तालाबन्दी गरेका प्रधानाध्यापक तुलाधर पन्तले जानकारी दिए। 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन निर्माण गरेका कामदारले ज्याला पाएका छैनन्। 

काम गरेको पैसा नदिएपछि तालाबन्दी गरिएको कामदार लक्ष्मण बोहराले बताए। दसैं तिहारको समयमा ज्याला दिन भनेपनि नदिएपछि बाध्य भएर तालाबन्दी गर्न बाध्य भएको अर्का कामदार जैभान बोहराले बताए। 

आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माणका लागि १८ लाख बजेट आएको थियो। त्यसबाट स्थानीय फगने बोहराले १५ लाख ५० हजारमा कामको जिम्मेवारी पाएका थिए। 

निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा कामदारहरूले ज्याला दिनुपर्ने भन्दै तालाबन्दी गरेका हुन्। बजेट अभावमा कामदारहरूको ज्याला दिन नसकेको निर्माणको जिम्मेवारी पाएका फगने बोहराले बताए। 

'१८ लाख बजेट आएको हो, त्यसबाट १५ लाख ५० हजार मात्रै पाइने भनियो, मेरो खर्च १७ लाख ७१ हजार आएको छ, अब मैले कहाँबाट दिने?', उनले भने। 

आफूले १३ लाख ४० हजार रुपैयाँ मात्रै पाएको बोहराको भनाइ छ। उनका अनुसार कामदारहरूको दुई लाखभन्दा बढी रकम दिन बाँकी रहेको छ। 

विद्यालयको खाता समेत बन्द रहेको विद्यालयका प्रधानाध्यापक पन्तले बताएका छन्। यस विषयमा छलफल गर्नका लागि बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठक बोलाउन लागिएको विद्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.