फरार कार चालक पक्राउ

फरार कार चालक पक्राउ

भैरहवा : ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाका कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात् कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। 

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए। 

प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजार रुपैयाँको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो। सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए । 

फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो। सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोमबार भैरहवा परासी हुलाकी सडकखण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। 

त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.