ब्राजिल चुनाव: बोल्सोनारोले गरे हार अस्वीकार

ब्राजिल चुनाव: बोल्सोनारोले गरे हार अस्वीकार

ब्राजिल : ब्राजिलका वर्तमान राष्ट्रपति जैर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा विजयी भएका छन् । निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को राष्ट्रपति पदमा उक्लने भन्ने स्पष्ट थिएन।

अन्त्यमा लुला दा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे । तर बोल्सोनारोले आफ्नो हार अस्वीकार गरेका छन्। उनले चुनावी नतिजामा पनि आशंका गरेका छन्। 

बोल्सोनारोको दुई मिनेटको छोटो भाषणपछि उनका प्रमुख कर्मचारीले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका छन् ।

बोल्सोनारोको भाषणपछि ब्राजिलको सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै सत्ता हस्तान्तरणलाई स्वीकृति दिएर उनले निर्वाचनको नतिजा स्वीकार गरेको बताएको छ ।

लुला दा सिल्भाको जितपछि ब्राजिलको अवस्था निकै संवेदनशील छ । बोल्सोनारोका समर्थकहरूले ब्राजिलका दुई दर्जनभन्दा बढी राज्यमा सडक अवरुद्ध गरेका छन्। र धेरै ठाउँबाट आगजनीका रिपोर्टहरू आइरहेका छन्। 

बोल्सोनारोले यसअघि एक पटक भगवानले मात्र उनलाई सत्ताबाट हटाउन सक्ने बताएका थिए। उनले बिनाप्रमाण मतदान प्रक्रियामा समेत प्रश्न उठाएका छन् ।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.