बैतडीमा गठबन्धनलाई बागीको चुनौती :  होला त दामोदरको ह्याट्रिक ?

बैतडीमा गठबन्धनलाई बागीको चुनौती :  होला त दामोदरको ह्याट्रिक ?

धनगढी/बैतडी: बैतडीमा सत्तागठबन्धनलाई बागी उम्मेदवारहरुले चुनौती दिएका छन् ।

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुवर (विजयसुन्दर) चुनावी मैदानमा छन् । त्यहाँ नेकपा एमालेले तेस्रो पटक दामोदर भण्डारीलाई मैदानमा उतारेको छ ।

कांग्रेसको बलियो आधार भएको बैतडीमा माओवादी केन्द्रलाई सीट दिएको भन्दै रुष्ट भएका कांग्रेसीहरुले बागी उम्मेदवार उठाएपछि गठबन्धनका उम्मेदवारलाई चुनौती थपिएको हो । कांग्रेस नेता, पूर्वराज्यमन्त्री तथा पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले प्रतिनिधिसभाका लागि बागी उमेदवारी दिएपछि गठबन्धनका कुवरलाई जीत निकाल्न चुनौती छ  । 

कुवर भूमिगत कालदेखि नेकपा माओवादी केन्द्रका चर्चित नेता हुन् । पुर्चौंडी नगरपालिका घर भएका उनले संविधान सभाको पहिलो निर्वाचन २०६४ मा बैतडी १ बाट एमालेका दामोदर भण्डारीलाई पराजित गर्दै जित निकालेका थिए । तर, त्यसपछिको चुनावमा भने उनको त्यो विरासत कायम रहन सकेन ।

२०७० सालको निर्वाचनमा कुवर बैतडी १ बाट दामोदर भण्डारीसँग पराजीत भए। त्यतिबेला पनि बैतडीमा प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्र थिए । तर, २०७४ सालमा भने एमाले र नेकपा माओवादी केन्द्रको तालमेल भएकाले कुवर, भण्डारीका सारथी भएर काम गरे । २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरे । भण्डारीले ३९ हजार ५२४ मत ल्याउदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए ।

भण्डारीले पार्टीको नीति र नेतृत्व नै आफ्नो जित्ने आधार भएको दाबी गरेका छन् । ‘पार्टीको नीति र नेतृत्व नै मेरो जित्ने आधार हो । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा एमालेले मात्रै साकार गर्न सक्छ भन्ने कुरा जनतालाई थाहा छ, त्यही जित्ने आधार हो,' भण्डारीले भने । 

तर, यसपाली उनै २०७४ सालका सहकर्मीहरुबीच प्रतिस्पर्धा भएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग/अलग भएपछि फेरि दुवैजना प्रतिस्पर्धा गर्ने स्थानमा पुगेका हुन् । ‘यसपाली मेरो ह्याट्रिक हुन्छ । गठबन्धनमा बागी उठनु भनेको जीत अझ सहज हुनु हो,' भण्डारीले भने ।

भण्डारीले पार्टीको नीति र नेतृत्व नै आफ्नो जित्ने आधार भएको दाबी गरे । ‘पार्टीको नीति र नेतृत्व नै मेरो जित्ने आधार हो । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा एमालेले मात्रै साकार गर्न सक्छ भन्ने कुरा जनतालाई थाहा छ, त्यही जित्ने आधार हो,' भण्डारीले भने । 

उनले पछिल्ला १० वर्षमा गरेका विकास निर्माणका काम पनि आफ्नो जित्ने आधार भएको दाबी गरे । ‘पाटन विमानस्थलको कालोपत्रे, पाटन पञ्चेश्वर सडक निर्माण, महाकाली करिडोरमा अरबौंको बजेट, सतबाँझ–गोकुलेश्वर सडक र जनता आवास कार्यक्रम जस्ता विकास निर्माणका काम गरेको छु,' भण्डारीले भने । २०७० सालमा जितेपछि भण्डारी केही महिनाका लागि मात्रै अर्थ राज्यमन्त्री पनि भएका थिए । 

बैतडीमा कुल एक लाख ४० हजार २०१ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा प्रमुखहरुले पाएको मतलाई आधार मान्ने हो भने त्यहाँ नेकपा एमाले ठूलो दल हो । एमालेबाट जितेका स्थानीय तहका प्रमुखहरुले कुल ३६ हजार ४६९ मत पाएका थिए भने कांग्रेसका स्थानीय तहका प्रमुखहरुले ३५ हजार ७४५ मत पाएका थिए । 

तर, गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रले ७ हजार ३३५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ६८८ मत पाएको थियो । गठबन्धनका सबै मत जोडदा ५० हजार ७६८ मत हुन्छ । जुन नेकपा एमालेको भन्दा झण्डै १४ हजारले बढी छ । मतका आधारमा नेकपा एमालेको हाराहारीमा रहेको नेपाली कांग्रेस बैतडीले यसपाली त्यहाँ कांग्रेसकै उमेदवार माग गरेको थियो । तर गठबन्धनमा बैतडी नेकपा माओवादी केन्द्रको भागमा पर्‍यो । 

 कांग्रेसका धेरै नेता कार्यकर्ताहरु बागीहरुको पक्षमा खुलेर लाग्न थालेका छन् । पाटन नगरपालिकाका नगर सभापति मानबहादुर ऐर स्वयम स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर लागेका छन् । यद्यपी उनलाई जिल्ला समितिले स्पष्टिकरण पनि सोधिसकेको छ । 

स्थानीय तहमा पाएको मत अनुसार नेकपा माओवादी केन्द्रको ७ हजार ३३५ मत छ । कांग्रेसका ३५ हजार र समाजवादीका साढे ७ हजार मत मध्ये माओवादीलाई कति मत आउँछन् ? त्यो त परिणामले देखाउँला तर कांग्रेसले टीकट नपाएको असन्तुष्टिको फाइदा भने नेकपा एमालेलाई हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

कांग्रेसबाट बागी उठेका केशवबहादुर चन्द पनि त्यहाँका लोकप्रिय नेता हुन् । पाटन नगरपालिकामा उनले गरेको कार्यमा खासै विवाद आएन । ‘मैले ३२ वर्ष कांग्रेसमा रहेर राजनीति गरे । कांग्रेसका ३५ हजार कार्यकर्ता छन् बैतडीमा । पार्टी केन्द्रले गरेको अपवित्र गठबन्धनको विरुद्धमा मेरो उमेदवारी हो । जिल्लाको सभापतिलाई समेत पार्टीले टिकट दिएन । यसरी सिद्धान्त विक्री गर्न पाइदैन भनेर म उठेको हो,' चन्दले भने ।

उनले कांग्रेसभित्रका असन्तुष्ट र एमालेसहितका अरु असन्तुष्ट नेताका मत नै आफ्नो जित्ने आधार बताए । ‘कांग्रेसमा यो गठबन्धनको विरोधमा धेरै नेता कार्यकर्ता छन्, त्यो मेरो पहिलो आधार हो । अझ अरु पार्टीका पनि असन्तुष्ट नेता कार्यकर्ताका लागि उपयुक्त उमेदवार हो, त्यसैले म जित्छु,' चन्दले भने ।

अझ कांग्रेसका धेरै नेता कार्यकर्ताहरु बागीहरुको पक्षमा खुलेर लाग्न थालेका छन् । पाटन नगरपालिकाका नगर सभापति मानबहादुर ऐर स्वयम स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर लागेका छन् । यद्यपी उनलाई जिल्ला समितिले स्पष्टिकरण पनि सोधिसकेको छ । 

कांग्रेसका धेरै नेताहरु बागीको पक्षमा लागेपछि गठबन्धनका उम्मेदवारलाई भने सकस भएको छ । ‘गठबन्धनसँग ५० हजार मत छन, अझ मेरो आफ्नै गृह पालिका पुर्चौंडीमा म अगाडि आउँछु, 'गठबन्धनका उम्मेदवार कुवरले भने, ‘स्थानीय तहको चुनावमा त्यहाँ कांग्रेस जिते पनि, प्रतिनिधिसभामा मेरो पक्षमा  जनमत छ ।’ 

बैतडीमा प्रदेश सभामा पनि गठबन्धनका विरुद्ध कांग्रेसका बागी उमेदवार उठेका छन् । प्रदेश क्षेत्र नं (१) बाट महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारीले गठबन्धनलाई चुनौती थपेका छन् ।

गठबन्धनका उम्मेदवार नरेन्द्रबहादुर कुवरको गृहपालिका पुर्चौंडी स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका दिपकबहादुर बमले ५८ सय ८० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका विक्रम कुवरले ३९ सय ६ मत ल्याएका थिए । स्थानीय तहको परिणामअनुसार कुवरको पालिकामा नेकपा एमाले दोस्रो स्थानमा छ । नेकपा एमालेका कर्णबहादुर कुवरले ३९ सय ६५ मत ल्याएका थिए । 

बैतडीमा प्रदेश सभामा पनि गठबन्धनका विरुद्ध कांग्रेसका बागी उमेदवार उठेका छन् । प्रदेश क्षेत्र नं (१) बाट महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारीले गठबन्धनलाई चुनौती थपेका छन् । सोही क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टले पनि पार्टीबाटै उम्मेदवारी दिएका थिए । उनले पनि पार्टीकै चुनाव चिन्ह कलम लिएर चुनावी मैदानमा होमिएका छन् । 

बैतडीमा गठबन्धनबाट, प्रतिनिधि सभा नेकपा माओवादी केन्द्र र प्रदेशका दुबै सीट नेपाली कांग्रेसको भागमा परेको थियो । कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट वीरबहादुर विष्ट र प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट शिवराज भट्टलाई उठाएको छ । प्रदेश सभा (१) मा कांग्रेसका बागी र समाजवादीका विष्टले गठबन्धनका उमेदवार वीरबहादुर विष्टलाई असर पार्ने देखिन्छ । 

नेकपा एमालेले प्रदेश सभा (१) बाट सुरेन्द्र पाल र प्रदेश सभा (२) बाट लिलाधर भट्टलाई उम्मेदवार बनाएको छ। भट्ट यसअघि २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य पदमा सो क्षेत्रबाट जितिसकेका नेता हुन् । प्रदेश (१) मा देखिएका २/२ जना बागी उमेदवारका कारण त्यहाँ पनि एमालेका पाललाई सहज हुने विश्लेषण गरिन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.