९ वर्षदेखि अलपत्र नगरकोट सडकमा अहिले मात्रै उम्मेदवारको आँखा पर्‍यो

९ वर्षदेखि अलपत्र नगरकोट सडकमा अहिले मात्रै  उम्मेदवारको आँखा पर्‍यो

भक्तपुर : भक्तपुरको नगरकोट सडक अलपत्र भएको झण्डै नौ वर्ष भएको छ। त्यस बीचमा सायदै कुनै राजनीतिक दलहरूले सडक बनाउनुपर्‍यो भनी कार्यक्रम गरेका होलान्। 

तर, अहिले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसँगै राजनीतिक दलहरूले नगरकोट सडकलाई मुद्दा बनाएका छन्। 

भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको १६ किलोमिटर लामो सडकलाई बनाउन आफूहरू तत्पर रहेको देखाउन ठूला राजनीतिक दलहरूबीच प्रतिस्पर्धा नै चलेको छ। 

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा बुधबार भएको विरोध कार्यक्रममा सता गठबन्धन, नेकपा एमाले, राप्रपा लगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरू उपस्थित भएर नगरकोट सडक तत्काल बनाउनुपर्नेमा जोड दिए। 

उनीहरू सबै तत्काल नगरकोट सडक बनाउन दवाव दिन पुगेका थिए। त्यहाँ नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै बिहान ८ बजेदेखि १० बजेसम्म विरोध कार्यक्रम भएको थियो। 

भक्तपुरबाट नगरकोट सडक जाने भक्तपुरको कमलविनायक भत्केको पाटी लान्चा फल्चामा सडक अवरुद्ध गरी उनीहरूले विरोध कार्यक्रम गरेका थिए।
 
कार्यक्रममा सत्ता गठबन्धनमा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार सुनिल गोठे, नेकपा एमालेको तर्फका उम्मेदवार नवराज गेलाल लगायतका सहभागी थिए। 

साथै नेपाली कांग्रेसका तर्फबाट चाँगुनारायण नगरपालिकाको मेयरमा विजयी भएका जीवन खत्री, एमालेको तर्फबाट नगरपालिकाको उपमेयर पदमा विजयी उपमेयर पनि सहभागी भएका थिए। 

साथै सो क्षेत्रमा पर्ने भक्तपुर क्षेत्र नं १ (१) चाँगुनारायणका लागि सता गठबन्धन, एमाले, राप्रपाबाट उम्मेदवारी दिएकाहरू पनि सहभागी थिए। 

साथै स्वतन्त्र उम्मेदवारहरू पनि सहभागी थिए। कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटको वडाध्यक्षमा विजयी भएका धनबहादुर लामा पनि सहभागी भए। 

कार्यक्रममा नेताहरूले नगरकोट सडक जतिसक्दो छिटो बनाउन माग गरे। चुनावसँगै राजनीतिक दलका उम्मेदवारहरू भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाई भएको भन्दै आन्दोलनमा उत्रेका थिए। 

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुग लगायतले तत्काल सडक बनाउनुपर्नेमा जोड दिए। 

विरोध कार्यक्रममा स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र त्यसका उम्मेदवारहरू भने सहभागी देखिएनन्।

ठेकेदारको लापरवाहीका कारण झण्डै नौ वर्षदेखि सडक अलपत्र छ। सडक विस्तारको योजना पूरा नहुँदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँदै आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.