नाइजेरियामा बन्दुकधारीले गरे ३९ बालबालिकाको अपहरण

नाइजेरियामा बन्दुकधारीले गरे ३९ बालबालिकाको अपहरण

नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने ३९ जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । 

उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको प्रहरी र एक स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा पसेर बाली काटिरहेका बालबालिकालाई नियन्त्रणमा लिएको प्रहरी र अधिकारीले बताएका छन् । 

कात्सिना उत्तरपश्चिम र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो जुन स्थानीय रूपमा आपराधिक गिरोह (डाँकु) हरूद्वारा आतङ्कित छन् । त्यहाँ डाँकाहरूले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूको हत्या र अपहरण गर्छन् साथै लुटपाट र घरहरू जलाउँछन् । 

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जङ्गलमा लुकेर बसेका गिरोहलाई फिरौती रकम बुझाएपछि बन्धक बनाएर छाडिन्छ ।

कात्सिना प्रहरीप्रवक्ता गाम्बो इसाहले भने, ‘डाँकुहरूले मैरुवाको एक खेतमा आक्रमण गरी खेतमा काम गर्ने कम उमेरका मजदुरहरूलाई लगेका छन् ।' 

'बन्धक बनाइएकाहरूलाई उद्धार गर्न र अपराधीहरूलाई पक्रन हाम्रा कर्मचारीहरू मिसनका साथ त्यस क्षेत्रमा परिचालित भएका छन्,' इसाहले भने। 

फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौं मजदुरले काम गरिरहेकाले डाँकुहरू मोटरसाइकलमा चढेर खेतमा पसेका थिए । 

'धेरै छिटो दौडन सक्ने वयस्क कामदारहरू भाग्न सफल भए तर डाकुहरूलाई उछिन्न नसक्ने ३९ जना बालबालिकाहरू उनीहरूको कब्जामा परे,' ती अधिकारीले भने । अधिकारीका अनुसार बन्धक बनाइएकामध्ये ३३ जना मैरुवा गाउँका थिए भने अन्य छ जना नजिकैको अर्को गाउँका थिए ।

उनले लुटेराहरूले बन्धक बनाइएकामध्ये एक जनाको टेलिफोन प्रयोग गरेर फिरौती मागेका थिए । 

अधिकारीका अनुसार फार्म म्यानेजरले यसअघि डाकुहरूसँग सम्झौता गरेका थिए, जसले बाली काट्न दिनका लागि सुरक्षा रकम मागेका थिए र उनीहरूलाई पैसा पनि तिरिएको थियो । 

राष्ट्रपति मुहम्मदु बुहारीलाई दोस्रो चार वर्षे कार्यकालपछि अर्को वर्ष पदबाट हट्नुअघि सुरक्षा चुनौतीको सामना गर्न दबाब दिइएको छ । 

अफ्रिकाको सबैभन्दा बढी जनङ्ख्या भएको देश नाइजेरिया उत्तरपश्चिमी र मध्य क्षेत्रमा डाकु गिरोह, उत्तरपूर्वमा जिहादी हिंसा र दक्षिणपूर्वमा पृथकतावादी आन्दोलनसँग जुधिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.