सर्वेक्षणअनुसार रूस भारतको सबैभन्दा भरपर्दो साझेदार

सर्वेक्षणअनुसार रूस भारतको सबैभन्दा भरपर्दो साझेदार

नयाँ दिल्ली : नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ।

भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। 

युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदारको रूपमा उल्लेख गरेका छन्।
 
यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.