उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरिया: उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसीबीएम) प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। कम्तीमा एउटा लामो दूरीको र दुई वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले बताएका हुन्। 

योसहित प्योङयाङले यसवर्ष सात वटा आइसीबीएम प्रक्षेपण गरेको छ। बुधबार दुबै कोरियाले एकअर्कालाई लक्षित गरेर मिसाइल प्रक्षेपण गरेका थिए।

जापानका प्रधानमन्त्री फुमिओ किसिदाले पनि यो एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने बताएका छन्। 

बुधबार प्योङ्याङले एकैदिनमा सबैभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेपछि यस्तो घटनाक्रम देखा परेको हो। 
 
प्योङ्याङको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रले बुधबार  लिमिट लाइन भनिने दुई कोरियाबीचको एउटा विवादित जलसीमा पार गरेको थियो। बुधवार एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको जल क्षेत्रमा खसेको थियो। सोलले आफ्ना तीनवटा क्षेप्यास्त्र प्रहार गरेर त्यसको जबाफ दिएको छ। 

अमेरिका र दक्षिण कोरियाले आफ्ना अहिलेसम्मकै ठूलो संयुक्त भ्यास गरिरहँदा यी घटना भएका हुन्। उक्त अभ्यासलाई प्योङ्याङले आलोचना गर्दै 'आक्रामक र उक्साहटपूर्ण' भनेको छ। 

जापानद्वारा  सजगताको चेतावनी

बिहीबारको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणका कारण जापान सरकारले आफ्ना केही भेगका बासिन्दाका लागि  सजगता अपनाउन आग्रह गरेको छ ।  जापानले उत्तरी क्षेत्रका केही भागमा मानिसहरूलाई घरभित्रै बस्न भनेको छ। 
 
टोकियोले सुरुमा क्षेप्यास्त्र जापानको आकाशमा आएको बताएको थियो। तर त्यहाँका रक्षामन्त्रीले पछि 'त्यो जापानी द्वीप नकाटेको तर सी अफ जापानमाथि विलय भएको' बताएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.