पुतलीबजारमा मतदान अभ्यास, १ मत बदर

पुतलीबजारमा मतदान अभ्यास, १ मत बदर

स्याङ्जा : मत हुन बदर नदिने उद्देश्यले पुतलीबजारमा नमूना मतदान अभ्यास गरिएको छ। स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएपछि कार्यालयले यसपटक मतदाता शिक्षा लगायत मतदान अभ्यासलाई बढी जोड दिएको हो।

निर्वाचन आउन अब १७ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बिहीबार नमूना मतदान अभ्यास गरेको हो। 
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सदर मत बनाउने र मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिए। 

नमूना मतदान अभ्यासमा नगरपालिकाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका र सेवाग्रही लगायतको सहभागिता थियो। मतदाता शिक्षा कार्यक्रममा वडाबाटै यिनै स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ। 

उम्मेदवारले पाएका चुनाव चिन्ह बाहेकका चिह्नहरु समावेश गरी प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार सहित समानुपातिकतर्फका मतदान गरिएको छ। मतदान अभ्यासमा ५६ मत खसेको र १ मत बदर भएको थियो। 

महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका ११ वटै पालिकामा पनि नमूना मतदान अभ्यास गरिने भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

कार्यालयले जिल्लाका १९९ मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत छनौटको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। छनौटपछि उनीहरुलाई पनि प्रशिक्षण दिने भएको छ। 

स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये १ लाख १९ हजार ३१० जना पुरुष, १ लाख २४ लाख ७७८ महिला र १ अन्य छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.