अपांगतामैत्री कम मतदानस्थल

अपांगतामैत्री कम मतदानस्थल

अपांगता भएका व्यक्तिहरू अरुकै सहारामा मतदान गर्न बाध्य छन्। उनीहरूलाई सहज हुने मतदानस्थल नहुँदा सास्ती भोगेरै मत दिनुपर्ने बाध्यता छ। उनीहरूले हरेक निर्वाचनमा यस्तो दुःखकष्ट व्यहोर्नुपरे पनि सम्बन्धित निकायले सुनुवाई नगरेको भन्दै सरोकारवाला चिन्ता व्यक्त गर्छन्। भक्तपुरका सवै मतदानस्थललाई अपांगतामैत्री बनाउन सक्ने अवस्था नभएको सरोकारवाला 

नै बताउँंछन्।

भक्तपुर क्षेत्र नम्बर १ (क) चाँंगुनारायण क्षेत्रका प्रदेशसभा सदस्य उम्मेदबार कांग्रेसका सुरेश श्रेष्ठले यो पटक पनि सवै मतदानस्थल अपांगतामैत्री हुन नसकेको बताए। उनले अपांगहरूलाई आउजाउमा असहज हुने गरेको बताए। उनले मतदानस्थलमा सवारीसाधन सजिलै जानआउ हुनसक्ने ठाउँमा भएको भए मतदातालाई सहज हुने बताए। कुनै–कुनै ठाउँमा सवारीसाधन जाने सुविधा नै नभएको उनी सुनाउँछन्। यस्तो नहुदाँ ज्येष्ठ नागरिक, अशक्तहरूले भोट दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘त्यसैकारणसबैले देख्नेगरी भोट हाल्नुपरेको छ’, उनले भने। 

अपांगहरूको संस्था सीवीआर भक्तपुरका संयोजक सुरेश प्रधानले सवै मतदानस्थल अपांगमैत्री नभएको बताए। अपांगमैत्री नभएकै कारण उनीहरूले गोप्य रुपमा मतदान गर्न नपाएको उनी बताउँछन्। उनीहरूलाई जसले मतदान स्थलसम्म ल्याउन मद्दत गर्‍यो, उनीहरूलाई नै भोट दिनुपर्ने बाध्यता हुने गरेको उनले बताए। अपांगतामैत्री संघसंस्थाले धेरै पहल तथा ध्यानकर्षण गराए पनि व्यवहारमा भने लागु नभएको उनी बताउँछन्। कुनै मतदान केन्द्रमा ह्विलचियर लान मिल्दैन, गाह्रो हुन्छ र यस्ता समस्याहरू पहिले पनि थियो अहिले पनि छ,’ उनले भने।

भक्तपुरका जिल्ला निर्वाचन अधिकृत नरेन्दप्रसाद न्यौपानेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा व्यवस्थित हुने जानकारी गराए। अपांगता भएका, ज्येष्ठ नागरिक र गर्भवतीका लागि भोट हाल्न विशेष व्यवस्था गरिने बताए। गर्भवती, अशक्त तथा जेष्ठ नागरिकले लाइन बस्नु नपर्ने पनि बताए। साथै, उनले कोही अत्यन्त अशक्त छन् भने त्यहाँं परिचालन भएका स्वयंसेवक तथा कर्मचारीले बोकेर पनि मतदान स्थलसम्म पुर्‍याउने व्यवस्था गरिने जानकारी गराए।

स्थानीय निर्वाचनमा ८–९ वटा मतदानस्थल एकदम साँघुरो बाटोमा परेको देखिएकाले यसलाई व्यवस्थित गर्ने कामहरू भइरहेको छ, उनले भने। यसअघिको निर्वाचनमा भक्तपुर नगरपालिका–२ को मतदानस्थल शारदा मावि यालाछेंमा स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने सिफारिस गरेको थियो। साथै, भक्तपुर नगरपालिकाकै वडा नं ५ को मतदानस्थल बरदायणी मावि भवगतीस्थानको भवन साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलका रुपमा कायम गर्न आयोगमा सिफारिस गरेको थियो।

त्यस्तै, सूर्यविनायक नगरपालिका–५ को मतदानस्थल महेन्द्र माविमा भवन साँघुरो भएकोले सोही वडाको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको थियो। मध्यपुरथिमिका पनि दुई मतदानस्थललाई स्थानान्तरण गर्न आयोगमा सिफारिस गरेको थियो। 

मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित हेल्थपोष्टको थिमि मतदानस्थल साँघुरो भएको हुँदा सोही वडाको कृषि विकास बैंकको तालीम केन्द्र र वडा नं ३ को मतदानस्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको थियो। यो पटक यस्तो गर्न नपरोस भनेर ती क्षेत्रलाई पुनः अवलोकन गरी केही परिर्माजन गरौं, केहीलाई स्थानीय तहसँग अनुरोध गरेर सहजिकरण गर्न अनुरोध गरिरहेका छौ’, उनले भने। साथै छेकाबार लगाउन, खानेपानीको व्यवस्थापन, शौचालय ती कुरालाई स्थानीय निकायलाई अनुरोध गरिरहेको उनले सुनाए। अपांगमैत्री भनेर सवै नयाँ बनाउने अवस्था छैन, त्यही भएर भएका संरचनालाई नै व्यस्थित गर्ने काम गरेका छौं, उनले थपे।

भक्तपुर नगरपालिका क्षेत्रका ९० प्रतिशत मतदान केन्द्र साँघुरो ठाउँमा छन्। अपांगमैत्री बनाउनलाई सवै पूर्वाधार बनाउन सक्ने अवस्था पनि छैन यहाँं। त्यही भएर त्यसलाई व्यस्थित र सहजीकरण गराउनेतर्फ काम भइरहेको बताइएको छ। त्यसका लागि २३ र २४ गर्ने स्वयंसेवक र कर्मचारीलाई तालिम दिने बन्दोबस्त मिलाइएको छ। भक्तपुरमा ७६ मतदानस्थल र २ सय २२ वटा मतदान केन्द्र छन्। जसमा १० वटा मात्रै अपांगमैत्री छन्। प्रत्येक मतदानस्थलमा ८ जना कर्मचारी, स्वयंसेवक ३–४ जनादेखि ५ जनासम्म अधिकृतहरू खट्ने तथा प्रहरी परिचालन हुने जनाइएको छ।

यसअघि यहाँंको सुरक्षा बैठक वसी प्रमुख जिल्ला अधिकारीलगायतले मतदानस्थल तथा मतदान केन्द्र रहने स्थानहरूको अवलोकनसमेत गरिसकेको छ।एक मतदान केन्द्रमा बढीमा १ हजार मतदाता हुनुपर्ने मापदण्डका कारण यही अनुसारको व्यवस्था मिलाइएको बताइएको छ। भौगोलिक अवस्था एवम् मतदाता र मतदान केन्द्रको दूरी बढी भएको र साँघुरो ठाउँमा कम्तीमा ५ सय मतदाताका लागि एक मतदान केन्द्र निर्धारण गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.