चुनावी प्रचारमा सत्ता गठबन्धनलाई बागीका समर्थकको अवरोध

चुनावी प्रचारमा सत्ता गठबन्धनलाई बागीका समर्थकको अवरोध

रुकुम पूर्व : रुकुम पूर्वमा नेपाली कांग्रेस र नेकपा माओवादीबाट बिद्रोह गरी बागी उम्मेदवारी दिएकाहरूको समर्थकले  सत्ता गठबन्धन उम्मेदवारलाई चुनावी प्रचारमा अवरोध गरेका छन्। 

जिल्लाको प्रदेश (क) मा नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी बागी उम्मेदवारी दिएका सुरुल पुनमगर (अजयशक्ति) र नेपाली कांग्रेसबाट बिद्रोह गरी बागी उम्मेदवार बनेका दुतकुमार पुन (गुमाने) का समर्थक टिमले सत्ता गठबन्धनका उम्मेदवार र नेताहरूलाई जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाको क्षेत्रमा जाँदा अवरोध गरेका हुन्। 

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्णबहादुर घर्तीसहित नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार केशरमान रोका लगायत माओवादीका नेताद्वय गणेशमान पुन र दलजित श्रीपालीको चुनावी कार्यक्रममा खटिएका टोलीलाई अवरोध गरेको हो। 

भूमे गाउँपालिका-२ काक्री तकसेरा जाने सडक खण्डमा बीच बाटामा अवरोध गरिएको गठबन्धन स्रोतले जानकारी दिएको छ। गठबन्धनको टिम फर्किएर अहिले खावाङबगरमा दविपक्षीय छलफल गरी समाधान निकाल्ने तयारीमा छन्। 

प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका घर्तीको पक्षमा आफूहरू रहेको र आफूहरूले सत्ता गठबन्धनका तर्फबाट प्रदेश (क) मा उम्मेदवार बनेका माओवादीका ओली (प्रतीक) को बिरुद्धमा आफूहरूको उम्मेदवारी रहेका बागीका समर्थक बताउँछन्। 

गठबन्धनको टिमले कार्यक्रम गरेपछि ओलीलाई बल पुग्ने भन्दै बिहीबार मात्रै अवरोध गरेको र भोलि १८ गते आफूहरूले पनि समर्थन गर्दै लैजाने बताएका छन। 

घटनापछि जिल्लामा प्रहरी प्रसासनको ध्यानाकार्षण भइसकेको र प्रहरी परिचालन समेत भैसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.