पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

इस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्‍यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्।

पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो। प्रहरीका अनुसार इमरान खानलाई लाहौर अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। डाक्टरको विशेष टोलीले इमरान खानको उपचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन्। खानको खुट्टामा गोली लागेको बताइएको छ।
 

उनी सहभागी रहेको 'आजादीका मार्च'मा बिहीबार एक्कासि गोली चलेको थियो। सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा इमरान खानको हत्या प्रयास भएको विश्लेषकहरुले दाबी गरेका छन्। 
इमरान खानसँगै सांसद फैसल जावेद र पूर्व गर्भनर इमरान इस्मेलसमेत घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.