भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोकिँदा एक जनाको मृत्यु, ३ घाइते

भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोकिँदा एक जनाको मृत्यु, ३ घाइते

भक्तपुर : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२, सानोठिमी हलेसीमार्ट नजिक भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। 

बागमती प्रदेश २६८७ नम्बरको स्कुटी र बाग्मती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा पछाडि सवार धादिङ गजुरी गाँउपलिका-७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुवेदीको मृत्यु भएको हो। 

नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घाइते हुनेमा मध्यपुर ठिमी नगरपालिका-२ मगरगाँउ बस्ने वर्ष ३५ वर्षीया पुष्पा थापा मगर, ७ वर्षीय समर्जन थापामगर र झापा कमल गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने १८ वर्षीय करण दाहाल रहेका छन्।  

दुवै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.