आज ट्विटरबाट धेरै कर्मचारी निकाल्दै मस्क

आज ट्विटरबाट धेरै कर्मचारी निकाल्दै मस्क

वासिङटन डिसी : अमेरिकी व्यवसायी एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि कम्पनीमा धेरै परिवर्तन गरेका छन्। सो प्रक्रियामा मस्कले सबैभन्दा पहिले कम्पनीका उच्च अधिकारीहरुलाई निकाले।

अब एलन मस्कको टोलीले शुक्रबार कम्पनीमा व्यापक छाट्ने काम गर्नेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले आफ्ना कर्मचारीहरूलाई आफ्नो जागिर सुरक्षित छ वा छैन भन्ने कुरा शुक्रबार इमेलमार्फत जानकारी दिनेछ। कम्पनीले आफ्ना कर्मचारीहरूलाई इमेल मार्फत बिहान ९ बजे सम्ममा यसबारे जानकारी पाउने बताएको छ ।


यस इमेलमा ट्विटरबाट लेखिएको छ, ‘ट्विटरलाई अझ राम्रोतिर लैजान हामी शुक्रबार  कर्मचारी घटाउने कठिन प्रक्रियाबाट गुज्रनेछौँ।' ट्विटरले आफ्ना कार्यालयहरू तत्कालका लागि बन्द हुने र ट्विटरको प्रणाली र ग्राहकको डाटासहित प्रत्येक कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आइकार्डलाई तटस्थ गरिएको हुनाले आइकार्डमार्फत कार्यालयहरूमा पहुँच गर्न सम्भव नहुने बताएको छ ।

ट्वीटरले जागिरबाट ननिकालिएका कर्मचारीहरूलाई पनि इमेलमा सूचित गरिने जनाएको छ। जसको जागिर जाँदै छ, उनीहरुलाई व्यक्तिगत इमेलमार्फत जानकारी गराइने छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.