डडेल्धुरामा मेडिकल कलेज खोल्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै : ओली

डडेल्धुरामा मेडिकल कलेज खोल्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै : ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  चुनाव जित्नका लागि शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने आश्वासन बाडिरहेको आरोप लगाएका छन् । 

नेकपा एमालेको चुनावी सभाको सुभारम्भ गर्न दार्चुला जानुअघि नेता लोखराज भट्टको अत्तरियास्थित निवासमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘गेटामा ७ अर्बका पूर्वाधार तयार छन् । ९० विघाभन्दा बढी जग्गामा पूर्वाधार बनेका छन् । त्यो ठाउँमा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै हो’ ओलीले भने । 

‘मेडिकल कलेज सञ्चालनका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष चलेको हुनुपर्छ,बिरामीको चाप पनि त्यत्तिकै हुनपर्छ, उनको यो आश्वासन अन्तिम पटक डडेल्धुराबाट चुनाव जित्ने दाउ मात्रै हो ।’

उनले ७ अर्बका पूर्वाधार बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाउनु भनेको सरकारको अकर्मण्यता भएको आरोप लगाए ।‘यत्रो ‘इन्फास्ट्रक्चर’बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाएर डडेल्धुरामा चलाउनु भन्नु सरकारको अकर्मण्ता हो,' ओलीले भने । 

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भट्टको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्ष मदनराज रेग्मीसहित विभिन्न पार्टीबाट २ सयजना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । 

ओलीले आजै कालापानी लिपुलेक भएको जिल्ला दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दैछन् । बिहीबार श्रीएयरको विमानबाट धनगढी आएका ओली, केही बेरअघि दार्चुलाको खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धनगढी विमानस्थलबाट सिम्रिक एयरको हेलिकोप्टरबाट दार्चुला उडेका छन् । 

दार्चुलाको चुनावी सभापछि ओलीले बैतडीको पाटन र त्यसपछि आजै कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.