इमरान खानको शल्यक्रिया गरियो, स्वास्थ्यमा सुधार

इमरान खानको शल्यक्रिया गरियो, स्वास्थ्यमा सुधार

पाकिस्तान : पाकिस्तान तेहरिक इन्साफका नेता तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार साँझ पञ्जाब प्रान्तको गुजरानवालामा बन्दुकधारीले आक्रमण गरेका थिए। उनलाई गोली लागेकोले हाल लाहोरको एक अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान अस्पतालमा उनलाई भेट्न आएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानले उनको शल्यक्रिया गरिएको र उनी पहिलेभन्दा अहिले निको भएको बताएका छन् । फैसल जावेदले ट्वीट गर्दै भने, 'मैले इमरान खानलाई भेटें। उनको शल्यक्रिया गरिएको छ र अहिले उनी स्वस्थ छन्। उनले आफ्नो देशको लागि अन्तिम साससम्म लड्ने सन्देश दिएका छन्।'

बिहीबार साँझ भएको यस हमलामा पीटीआई नेता फैसल जावेद आफैं पनि घाइते भएका छन् । यसअघि लाहोरको शौकत खानम अस्पताल बाहिर फैसल जावेदले पत्रकारहरूलाई भनेका थिए, 'यो इमरान खानलाई मार्ने प्रयास थियो। अल्लाहले इमरान खानलाई स्वस्थ राखून्। आक्रमणमा मारिएका पीटीआई कार्यकर्ताको आत्माले शान्ति पाओस् र उनको स्वर्गमा बास होस्।' 

फैसल जावेदका अनुसार इमरान खानले शुक्रबार बैठक बोलाएका छन् जसमा उनले आगामी रणनीतिबारे छलफल गर्नेछन्। पाकिस्तानको वजिराबादमा लङ मार्चको कन्टेनर र वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्पूर्ण क्षेत्र सिल गरिएको छ । घटनास्थलबाट अन्वेषकहरूले ११ वटा गोली फेला पारेका थिए। तेहरिक–ए–इन्साफका नेता असद उमरले शुक्रबारको नमाजपछि देशभर प्रदर्शन गरिने बताएका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.