सन्दीप लामिछानेविरुद्ध मुद्दामा बहस सकियो, आजै आदेश आउने

सन्दीप लामिछानेविरुद्ध मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौं : किशोरी बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको बहस सकिएको छ।

दुवै पक्ष (पीडित र आरोपित) का कानुन व्यवसायीको बहस सकिएसँगै आजै आदेश आउने भएको हो। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालले सन्दीपको मुद्दामा बहस सकिएको र आजै आदेश आउने अन्नपूर्णलाई जानकारी दिए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा मुद्दाको बहस भएको हो।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गराएसँगै मंगलबार सन्दीपको बयान लिइएको थियो।

मुद्दामा बुधबारबाट थुनछेक बहस सुरु भएको हो।

बुधबार र बिहीबार थुनछेक बहस भएपनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

बिहीबार सन्दीपको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए। आज सन्दीप र सरकारी पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि मुद्दाको आदेश आजै आउने जनाइएको छ।

सन्दीप पक्षका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेश गरिएको र सन्दिप निर्दोष रहेको जिकिर गरेका छन्।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो।  प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको  छ।

लामिछानेले भने इन्कारी बयान दिएका छन्।उनीमाथि नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।  पीडित पक्षले गत भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। सन्दीप र सरकारी पक्षका वकिलको बहस सकिएपछि उनलाई तारेख, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे अदालतले आदेश दिनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.