महिलालाई चार महिने कम्प्युटर तालिम
![महिलालाई चार महिने कम्प्युटर तालिम](https://annapurnapost.prixacdn.net/media/albums/edunewsphoto1_20221104142709_PHvjGk80mU.jpg)
भक्तपुर : भक्तपुरमा महिला तथा दलित महिलालाई चार महिने आधारभूत तथा विशिष्ट कम्प्युटर तालिम प्रदान गरिएको छ।
चाँगुनारायण नगरपालिका-९ वडा ताथलीको आयोजनामा कम्प्युटर निओ फ्युजन स्कुल अफ कम्प्युटर, भक्तपुरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो। तालिममा २९ जनाले प्रमाणपत्र लिएका छन्। तालिममा ३८ जनाको सहभागिता रहेको थियो। तर, बाँकीले निरन्तरता दिएनन्।
वडाध्यक्ष गणेश त्यातले तालिमको काममा लगन देखिएपछि सार्थकता पाउने बताए।
महिला शिक्षित भएमा घर शिक्षित हुने कुरालाई मध्यनगर गरी महिलालाई पहिलो प्राथमिकता दिएर तालिम दिएको त्यातले जानकारी गराए।
कार्यक्रम संयोजक कमला गिरीले यस किसिमका तालिमहरूले महिलालाई समाजमा आफ्ना कर्तव्य पालना गर्न र समाजमा आफ्नो प्रभुत्व राख्न सफल हुने बताउँछिन्।
त्यस्तै कार्यक्रममा निओ फ्युनज स्कुल अफ कम्प्युटरका निर्देशक एवं प्रशिक्षक बालकृष्ण बनमालाले आजको आवश्यकतालाई मध्य नजर गरी कोर्षको विकासका साथसाथै व्यवस्थित व्यवहारिक रूपमा प्रशिक्षित गरेको बताए।
हाल बजारमा तालिमको नाममा अवैध रूपमा पैसा असुलेकोमा खेद राख्दै तालिम नाफामुखी नभई व्यवहारिक रूपमा हुनुपर्ने बताए।
कार्यक्रममा दलित तथा पिछडिएका महिला लक्षित तालिमका कार्यक्रम संयोजक सुमित्रा दर्जीले दलितलाई कतिपय तालिम केन्द्रमा हेपेको र दलित भनि होच्याउने प्रविधि हाम्रो समाज पूर्ण रूपमा निर्मूल नभएको सुनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)