दार्चुला पुगेर ओलीले भने: ठूलो भारतले सानो मन गर्नुहुँदैन
दार्चुला: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन अभियान जारी राख्नुपर्ने बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा लिपुलेक, लिम्पियाधुरा समावेश भएको चुच्चे नक्सा जारी गरेका ओलीले अतिक्रमित भूमि नेपालकै भएकाले त्यसलाई फिर्ता ल्याउन पहल जारी राख्नुपर्ने बताए ।
उनले ठूलो शक्ति राष्ट्र भारतले सानो मन गर्न नहुने भन्दै अतिक्रमित नेपाली भूमि नेपालकै हुनुपर्ने बताए ।
ओली नेकपा एमालेको चुनावी अभियानलाई सम्बोधन गर्न दार्चुला पुगेका हुन् । चुच्चे नक्सा जारी गरेपछिको दार्चुला भ्रमण ओलीको यो पहिलो हो ।