भक्तपुरमा उम्मेदवारहरू घरदैलो र चुनावी सभामा व्यस्त

भक्तपुरमा उम्मेदवारहरू घरदैलो र चुनावी सभामा व्यस्त

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेत शुक्रबार बिहानै आफ्नो क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका-१ सिरुटारमा घरदैलोमा पुगे। लगतै उनी आफ्नो क्षेत्रमै पर्ने मध्यपुर थिमि नगरपालिका-६ मध्यपुर थिमिमा पुगे।

यता भक्तपुर क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल साँझ भक्तपुर नगरपालिका-९ सूर्यमढीस्थित चुनावी जनसभामा व्यस्त रहे। 

बस्नेत र सुवाल जस्तै भक्तपुरका सम्पूर्ण उम्मेदवारहरू यतिखेर घरदैलो तथा चुनावी सभामा व्यस्त देखिएका छन्। बिहानदेखि रातिसम्म उनीहरूको व्यस्तता बढेको छ। 

निर्वाचन आयोगले बिहीबारदेखि प्रचारप्रसार गर्न छुट दिएसँगै उनीहरू चुनावी प्रचारप्रसारको चटारोमा परेका हुन्। यद्यपि यस क्षेत्रमा उनीहरूले यसअघि पनि भेटघाट, छलफल, अन्तर्क्रिया सुरु गरिसकेका थिए।

नेपाली कांग्रेससहितको गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापा संयुक्त रूपमा मध्यपुर थिमि नगरपालिका-४,५ र ६ को घरदैलोमा व्यस्त रहे। 

यता नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनुराधा थापामगर र भक्तपुर क्षेत्र नं २ (ख) मध्यपुर थिमिका उम्मेदवार रमेश वैद्य दलवलसहित मध्यपुर थिमि नगरपालिका-८ बोडे मध्यपुर थिमिको घरदैलोमा व्यस्त रहे। 

यता भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम सुवाल बिहान आफ्नो क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिका-५ छालिंग क्षेत्रमा घरदैलोमा व्यस्त रहे। 

उता सोही पार्टीकातर्फबाट भक्तपुर क्षेत्र नं १ क चाँगुनारायणका प्रदेश सभाका सदस्य मीनबहादुर बाटा नगरपालिकाको पूर्वी भेग चितपोल क्षेत्रको घरदैलोमा व्यस्त भेटिए। 

उता नेपाल कम्युनिष्ट पार्टी एमालेकोतर्फबाट भक्तपुर क्षेत्र नं १ को प्रनिनिधि सभा सदस्यका उम्मेदवार नवराज गेलाल भक्तपुर नगरमा घरदैलोमा व्यस्त रहे। भक्तपुरमा दुई वटा क्षेत्रहरू छन्। त्यसैगरी यहाँ चारवटा प्रदेशहरू छन्। 

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका नवराज कोइराला र नेपाली कांग्रेससहितका सता गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत माओवादीका सुनिल गोठेबीच प्रतिस्पर्धा हुने अनुमान छ। 

उता भक्तपुर क्षेत्र नं २ मा भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महेश बस्नेत, सता गठबन्धन तर्फका सुयंक्त उम्मेदवार नेपाली कांग्रेसका दुलर्भ थापा र नेपाल मजदुर किसान पार्टीकोतर्फका अनुराधा थापामगरवीच प्रतिस्पर्धा हुने अनुमान छ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.