ट्विटरमा दैनिक ४० लाख डलर नोक्सान : 'एक्टिभिस्ट ग्रुप'ले गर्दा घाटा भएको मस्कको आरोप

ट्विटरमा दैनिक ४० लाख डलर नोक्सान : 'एक्टिभिस्ट ग्रुप'ले गर्दा घाटा भएको मस्कको आरोप

वासिङटन डिसी : ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विटरको आम्दानी कम हुनुको कारण एक्टिभिस्ट ग्रुप भएको आरोप लगाए। उनले  कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी छाटकाट गरेको कुरालाई लिएर एक्टिभिस्ट ग्रुपले विज्ञापनदाताहरूलाई ट्विटरको आय कटौती गर्न दबाब दिइरहेका आरोप लगाएका हुन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘ट्विटरको कमाइ निकै कम भएको छ । एक्टिभिस्ट ग्रुपले विज्ञापनदातालाई दबाब दिइरहेका छन् । सामग्री मोडरेसनमा कुनै पनि परिवर्तन गरेका छैनौं। एक्टिभिस्ट ग्रुपलाई खुसी पार्न सबै काम गरेका छौं। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई नष्ट गरिरहेका छन् ।'
 

एलन मस्कले शुक्रबार ट्विटरबाट विश्वव्यापी रुपमा हजारौं कर्मचारीलाई निकालेका बताइएको छ।

कम्पनीको सुरक्षा र अखण्डता प्रमुख, योल रोथले एक ट्विटमा ५० प्रतिशत कर्मचारीहरूलाई ट्विटरबाट हटाइएको बताएका छन्।

मस्कले आफैंले ट्विट गरेर कम्पनीले हरेक दिन ४० लाख डलर घाटाको सामना गरिरहेको हुनाले अर्को विकल्प नभएको बताएका छन्।  जागिर गुमाएकालाई तीन महिनाको तलब कानुनले तोकेको भन्दा ५० प्रतिशत बढी दिने उनको भनाइ छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.