कपिलवस्तुमा ७ जुवाडे पक्राउ
![कपिलवस्तुमा ७ जुवाडे पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_A64wd7W3Po.jpg)
कपिलवस्तु : वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराका ईन्चार्ज प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।
पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए। पक्राउ परेका जुवाडेलाई ईलाका प्रहरी कार्यालय पिपरामा थुनामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)