आफूमाथि भएको हमलाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र जनरल भएको इमरान खानको आरोप
स्लामावाद : इमरान खानले आफूमाथि भएको हमलाको जिम्मेवार पाकिस्तनका प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरल भएको बताएका छन् । इमरान खानलाई बिहीबार गुजरानवालामा एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए । यस हमलामा इमरान खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन्।
लाहोरको शौकत खानम अस्पतालबाट पाकिस्तानलाई सम्बोधन गर्दै इमरान खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका हुन् । इमरान खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन् ।
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि इमरान खानको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको निन्दा गर्दै छानबिनको आदेश दिएका छन्।