स्वतन्त्र भारतका प्रथम मतदाता श्याम शरण नेगीको मृत्यु

स्वतन्त्र भारतका प्रथम मतदाता श्याम शरण नेगीको मृत्यु

नयाँ दिल्ली :  स्वतन्त्र भारतको पहिलो मतदाता श्याम शरण नेगीको शनिबार बिहान निधन भएको छ। हिमाचल प्रदेशको किन्नौरमा बस्ने नेगीको १०५ वर्षको उमेरमा मृत्यु भएको हो।

उनले नोभेम्बर २ मा हिमाचल विधानसभा चुनावमा पनि मतदान गरेका थिए। उनको मृत्युमा शोक व्यक्त गर्दै हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले ट्वीट गरेका छन्। 
उनले ट्विटमा भनेका छन्, 'स्वतन्त्र भारतका प्रथम मतदाता किन्नौरका श्याम शरण नेगी जीको निधनको खबर सुनेर दुःखी छु। आफ्नो कर्तव्य निर्वाह गर्दै उनले नोभेम्बर २ मा ३४ औं पटक विगतको विधानसभा चुनावमा हुलाक भोट हालेका थिए, यो सम्झनाले सधैं भावुक गर्नेछ।'

स्वतन्त्र भारतको पहिलो मतदाताको रूपमा परिचित नेगीलाई भारतीय लोकतन्त्रको जीवित किंवदंती पनि भनिन्छ। स्वतन्त्र भारतको पहिलो चुनावमा किन्नौरले २५ अक्टोबर १९५१ मा मतदान गरेका थिए।

बीबीसीसँगको कुराकानीमा उनले एकपटक भनेका थिए, ‘अक्टोबर १९५१ मा मैले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको थिएँ, त्यसपछि मैले एउटा पनि चुनावमा मतदान गर्न छुटाइनँ। मलाई मेरो भोटको महत्व थाहा छ। अहिले मेरो शरीरले पनि साथ दिएको छैन, तर आत्मबलले भोट हाल्न लागेको छु।'

पेशाले शिक्षक श्याम शरण नेगीको जन्म सन् १९१७ जुलाई १ मा भएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.