अटो दुर्घटनामा एक जनाको मृत्यु

अटो दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडामा गएराति भएको अटो रिक्सा दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ। 

पाटुबाट बिरामी लिएर बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ ह ०९१८ नम्बरको अटो रिक्सा गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो। 

रिक्सामा सवार रहेका विरामी बर्दिबास नगरपालिका-३ राजाबासका ५० वर्षीय बल बहादुर भण्डारी र उनकी ४५ वर्षीया श्रीमती निर्मला घाइते भएका थिए। 

उपचारको क्रममा बल बहादुरको काठमाडौँको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान ५ बजे मृत्यु भएको हो। 

निर्मलाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो रिक्सासहित चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.