रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
मस्को : रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ। उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।