डोटीमा टिकट नपाएपछि कैलाली ४ झरेका बलायरलाई एमालेका भट्टको चुनौती

डोटीमा टिकट नपाएपछि कैलाली ४ झरेका बलायरलाई एमालेका भट्टको चुनौती

धनगढी : कैलाली निर्वाचन क्षेत्र ४ मा नेकपा एमालेका लेखराज भट्ट र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुँदै छ। भट्ट नेकपा एमालेका केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इञ्चार्ज हुन्।

बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन्। सुदूरपश्चिम प्रदेशका लागि प्रधानमन्त्रीको जिल्ला डडेल्धुरा पछि कैलाली ४ लाई महत्वपूर्ण रूपमा हेरिएको छ। सुदूरपश्चिमका लागि प्रधानमन्त्री देउवाबाहेक भट्ट जतीको 'हेविवेट' नेता चुनावी मैदानमा छैनन्।

नेपालमा जनयुद्ध सुरु भएका बेला प्रचण्डलाई सुरुमा बन्दुक दिने जनयुद्धका 'ओपनर खेलाडी' हुन् भट्ट। नेकपा विभाजन भएपछि उनी नेकपा एमालेमा लागेका हुन्। 'अहिलेको नेकपा एमाले भनेको बाम एकता पछिको नेकपाकै स्वरूप हो', भट्ट भन्छन्। 

शान्ति प्रक्रियापछि २०६४ सालको संविधान सभा निर्वाचनमा भट्टले त्यतीबेलाको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए। त्यतीबेला कैलालीमा ६ वटा निर्वाचन क्षेत्र थिए। 

अहिलेको कैलाली ४ र त्यतीबेलाको कैलाली ५ को भुगोल भने लगभग एउटै हो। नेपाली कांग्रेसका दीर्घराज भाट र नेकपा एमालेका हरिशंकर योगीलाई हराउँदै भट्टले पहिलो संविधान सभा चुनाव जितेका हुन्। 

तर दोस्रो संविधान सभा निर्वाचनमा भट्टले पराजय बेहोरे। उनी नेपाली कांग्रेसका उनै दीर्घराज भाटसँग चुनाव हारे। संविधान सभाको निर्वाचन २०६४ पछि मन्त्री भइसकेका भट्टले, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र धनगढी-खुटीया-दिपायल फास्ट ट्रयाकको एजेन्टा समातेका थिए। 

तर उनीले त्यतीबेला ती दुबै नयाँ एजेन्डा स्थापित गर्न सकेनन। भट्ट भन्छन् 'सुख्खा बन्दरगाह भनेको के हो भन्थे ? मानिसहरू। थाहै थिएन। तर जब कार्यान्वयनको चरणमा गयो, बल्ल सबैले बुझे।'

भट्टकै पहलमा कञ्चनपुरको दोघाराचाँदनीमा सुख्खा बन्दरगाहको कार्य अगाडि बढेको छ। 'नेपाल र भारत बन्दरगाह कुन ठाउँमा राख्ने भन्नेमा सहमत भएका छन्। भारतबाट नेपालतर्फको चारलेनको सडकको पनि जिरो प्वाइन्ट तय भएको छ' नेता भट्टले भने।

पारिवारिक सम्पत्तिका हिसावले सुसम्पन्न नेता भट्ट तीन पटक मन्त्री हुँदा पनि आर्थिक विवादमा नपरेका नेता हुन्। उनले निर्वाचन क्षेत्र मात्रै होइन, सुदूरपश्चिमका अरू परियोजनाका बारेमा पनि चासो राख्ने गर्छन्। उनी वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला बैतडीको दोगदाकेदार गाउँपालिकामा फस्फोरस खानी रहेको पत्ता लगाए। 

'दोगडाकेदार गाउपालिकाको एक मात्र खानीबाट ३० वर्ष भन्दा बढीका लागि मल बनाउन पुग्ने फस्फोरस पत्ता लागेको छ। प्राविधिकरुले 'ड्रिल' गरेर हेरिसकेका छन्', भट्टले भने। 

२०६४ देखि २०७० को चुनावसम्म भाटले खासै काम नगरेको भन्दै २०७४ को चुनावमा नेता भट्ट फेरि चुनाव जिते। उनले त्यतीबेला नेपाली कांग्रेसका नेता सुनील कुमार भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरे। लेखराज भट्टले ३१ हजार ३५९ मत पाउँदा भण्डारीले २० हजार ९६० मत मात्रै पाएका थिए।

तर यसपाली भट्टले सत्ता गठबन्धनका बलायरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। बलायर डोटीका स्थापित नेता हुन्। उनी २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा डोटी २ बाट चुनाव जितेका नेता हुन्। केही महिना मन्त्री भएका बलायरले यसपाली डोटीबाट टिकट नपाएपछि कैलाली आएका हुन्। 

२०७० सालमा प्रतिनिधि सभाका लागि डोटीमा २ निर्वाचन क्षेत्र थिए। तर २०७४ सालमा डोटी एक निर्वाचन क्षेत्र भयो। २०७४ सालमा त्यतिबेला नेकपाका उमेदवार प्रेम आलेमगरसँग बलायर पराजित भए। आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाए। आलेसँग १६ सय ३२ ले मात्रै पराजित भएका बलायरलाई यसपाली डोटीबाट चुनाव जित्न सहज थियो।

तर डोटीको प्रतिनिधि सभाको सीट समाजवादीले नछोडने भनेपछि बलायर चुनाव लडन कैलाली ४ आएका हुन्। 'कैलालीका लागि बलायर नयाँ भए, गठबन्धनका मत बढी त होलान तर जित निकाल्न उनलाई सहज भने छैन,' एकजना गठबन्धनकै नेताले भने। 

कैलाली ४ मा कांग्रेसभित्र पनि फरक मत छ। यसअघि पराजित सुनील कुमार भण्डारी कोइराला पक्षका हुन्। जित्ने बेला उनलाई देउवाले टिकट नदिएको पनि एकथरी कांग्रेसभित्र गुनासो छ। 

स्थानीय तहका प्रमुखहरूले पाएको मतका आधारमा कैलाली ४ मा गठबन्धन एमाले भन्दा ११ हजार मतले अगाडि छ। सत्ता गठबन्धनका ३३ हजार मत छन् भने नेकपा एमाले एक्लैले २२ हजार मत पाएको छ। एमाले भित्र खासै विवाद छैन। त्यसैले नेता भट्ट हौसिएका छन्।  

अहिलेको राजनीतिमा कैलाली र डोटीका बीच प्रदेशको राजधानीको प्रतिस्पर्धा छ। विकास क्षेत्रीय संरचना हुँदा डोटीको दिपायल सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो। तर संविधान जारी भएपछि कांग्रेस सरकारले नै प्रदेशको अस्थायी राजधानी धनगढीलाई तोक्यो। 

सुदूरपश्चिम प्रदेश सरकारको दुई तिहाई बहुमतले प्रदेशको राजधानी गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी भन्ने स्थानमा तोकेको छ। राजधानीको विषयमा बलायर डोटी हुनुपर्छ भन्ने पक्षका हुन् भने नेता भट्ट तेघरी नै हुनुपर्छ भन्ने पक्षका हुन्। 

हुन त प्रदेशको राजधानी कता राख्ने भन्ने अधिकार प्रदेश संसदलाई छ। तर ठूला र केन्द्रीय नेताको ईच्छा पनि त्यसमा काम गर्ने नै भयो। लेखराज भट्टले अहिले अबको पाँच वर्षमा प्रदेशको राजधानी गोदावरीको तेघरीमा बनाउने एजेन्डा उचालेका छन्। 

तर बलायरसँग नैतिक रूपमा पनि तेघरी नै हुन्पर्छ भन्ने बल छैन। किनकी यसपाली कैलाली ४ बाट चुनाव लडेका नेता बलायरको गृह क्षेत्र डोटी नै हो। उनलाई भोलिको राजनीतिको पनि पीर छ। तेघरी तोकिएपछि राजधानी दिपायल (डोटी) हुनुपर्छ भनेर आन्दोलनको नेतृत्व गर्ने नेतामा बलायर पर्छन्। 

'बलायर, डोटीबाट अचानक कैलाली ४ मा चुनाव लडन आए। उनको लेखराज भट्ट जतिको सामाजिक अन्तर्घुलन हुने कुरै भएन। बलायर आफैंले त आफूलाई भोट हाल्न पाउँदैनन', नेकपा एमाले गोदावरी नगर इञ्चार्ज आनन्द भट्टले भने। 

एमाले नेता लेखराज भट्ट आफ्नो जीत हुने दाबी गर्छन्। भन्छन्, 'मैले मेरो निर्वाचन क्षेत्रको विकास मात्रै होइन, म पार्टीको सुदूरपश्चिम इञ्चार्ज पनि हुँ, मैले सुदूरपश्चिमको विकास बारे सोच्नु पर्छ। मैले ल्याएका विकासका योजनाहरू पनि मेरो जित्ने आधार हुन्।'

नेता भट्टले सुख्खा बन्दरगाह, धनगढी-खुटीया-दिपायल द्रुत मार्ग, धनगढी र अत्तरियालाई औद्योगिक करिडोर बनाउने योजना, गेटामा बनाइएको मेडिकल कलेजका पुर्वाधार जस्ता ठुला योजनाहरू पनि जित्ने आधार भएको बताए। 

गेटा मेडिकल कलेजमा ७ अर्वका पुर्वाधार बनिसकेका छन्। ६ सय शय्याको अस्पताल र कलेज भवन, चिकित्सकका आवास, नर्सिङ आवास, गरी पुर्वाधार निर्माणको ९५ प्रतिसत काम सकिएको छ। 

भट्टले अगाडि सारेको धनगढी-खुटीया-दिपायल द्रुत मार्गको पनि धनगढीमा योजना कार्यालय स्थापना भएर पक्की गर्ने र ट्रयाक खोल्ने काम भइरहेको छ। 

यसपाली १० किलोमिटर कालोपत्रेको ठेक्का भइसकेको आयोजनाले जनाएको छ। 'गेटा मेडिकल कलेज सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि कोषेढुंगा हुनेछ। जसमा मेरो मेहनत छ। त्यो मेहनत मतदाताले बुझेका छन्। महाकालीको फोर लेनको पुल र सुख्खा बन्दरगाहका बारेमा पनि सबैलाई थाहा छ, मैले कति संघर्ष गरेर ल्याए भनेर। कञ्चनपुरको दैजी छेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ल्याएर विषेश आर्थिक क्षेत्रको सिलान्यास नै गरिएको छ, यी पुर्वाधारका योजनाहरू मेरो जित्ने आधार हुन्।'

तर नेता बलायरका लागि कैलाली ४ नयाँ क्षेत्र हो। भट्टले मतदातालाई आफुले विगतमा गरेका कामको फेहरिस्त भनिरहेका छन् भने बलायरसँग खासै ऐजेन्डा छैन। 

उनले प्रतिगमनका विरुद्ध गठबन्धन भएको कुरा आफ्नो मुख्य एजेन्डा बनाएका छन्। 'लेखराज भट्टले यस क्षेत्रबाट दुई पटक जिते तर केही काम गरेनन। जनताले अहिले नयाँ खोजिरहेका छन्। नयाँका लागि म विकल्प हो, त्यसैले म जित्छु', बलायरले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.