भक्तपुर २ 'ख' : पहिला सहकर्मी, अहिले प्रतिस्पर्धी

भक्तपुर २ 'ख' : पहिला सहकर्मी, अहिले प्रतिस्पर्धी

भक्तपुर : भक्तपुरको प्रदेश सभा 'ख' मा दुई जना पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

भक्तपुर क्षेत्र नं २ 'ख' मध्यपुर थिमिमा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस सहितको संयुक्त सता गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार डा. राजेन्द्रमान श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। 

यो क्षेत्रमा बलियो उम्मेदवारका रूपमा चन्दनकृष्ण र राजेन्द्रमान नै हुन्। उनीहरू दुवै पूर्व एमाले थिए। तर डा. राजेन्द्रमान पछिल्लो पटक नेकपा एसमा प्रवेश गरेका थिए। 

यी दुईको प्रतिस्पर्धामा यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेका रमेश वैद्य पनि  प्रतिस्पर्धामा छन्। कांग्रेस र एमाले बीचको दुईवटा गठबन्धन बीचको प्रतिस्पर्धामा उनी पनि अगाडि आउने देखिन्छ। 

मध्यपुर थिमि नगरपालिका नेपाली कांग्रेसको गढ हो। स्थानीय निकायको निर्वाचनमा पनि मेयर पद नेपाली कांग्रेसले नै जितेको थियो। 

एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतले पछि पार्दै नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मेयरमा विजयी भएका थिए। उनले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका थिए।

त्यो बेला मध्यपुर थिमिको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका थिए। कांग्रेससँगको गठबन्धनबाट माओवादी केन्द्रका विजयकृष्ण विजयी भएका थिए। 

नगर उपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरेका थिए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार एक सय ३९ मतले पराजित गरे। नेपालले आठ हजार नौ सय ६३ मत पाएकी थिइन्।

मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ मा कांग्रेस, ४ र ७ एमाले र ८ वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका थिए। यस हिसावले पनि यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र नेकपा एसबीच हुने निश्चित देखिएको छ। 

तर कांग्रेसको गढमा कांग्रेसको मत नेकपा एसले कति तान्न सक्छन् त्यस आधारमा परिणाम निर्भर हुने देखिन्छ। 

नेकपा एसका नेता डा. श्रेष्ठ एमालेका जिल्लाका पुराना नेता हुन्। उनले धेरै अगाडि एमाले जिल्लाको पनि नेतृत्व गरिसकेका छन्। बौद्धिक व्यक्तित्वका रूपमा चिनिने डा राजेन्द्रमान पछिल्लो पटक एमाले फुटेर नेकपा एस बनेपछि नेकपा एसमा पुगेका थिए। 

एमालेकातर्फबाट उम्मेदवार बनेका चन्दनकृष्ण भने पूर्व पञ्च हुन्। राष्टिय प्रजातन्त्र पार्टी त्यागेर उनी एमालेमा प्रवेश गरेका थिए। उनी राजाको पालामा भएको स्थानीय निकायको निर्वाचनमा राप्रपाबाट मध्यपुर थिमि नगरपालिकाको उपप्रमुखमा रहेका थिए। 

भक्तपुर क्षेत्र नं २ 'क' सूर्यविनायक र ख मध्यपुर थिमिबाट एमालेका दुवैजना उम्मेदवार पूर्व राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) हुन्। भक्तपुर क्षेत्र नं २ 'क' सूर्यविनायकमा एमालेकातर्फबाट उम्मेदवार बनेका किरण थापाले पनि पूर्व राप्रपा नेता थिए। 

यो क्षेत्रमा सता गठबन्धन, एमाले, नेमकिपासहित अन्य साना तथा स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.