स्वतन्त्र नागरिक समूहले निर्वाचन बहिस्कार गर्ने
बुटवल : स्वतन्त्र नागरिक समूहले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ।
संविधानसभाबाट जारी भएको संविधान नै गलत रहेको भन्दै नयाँ संविधान जारी गर्न मागसहित समूहले शान्तिपूर्ण आन्दोलनका रूपमा निर्वाचन बहिष्कार गर्ने जनाएको हो।
शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटाबाट ल्याइएको धर्मनिरपेक्षता, आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधिनता माथिको कलंक भएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने जनाएका हुन्।
यो समूह ३६ जिल्लामा रहेको छ।