'सामाजिक धरोहर संरक्षण गर्न सबैको भूमिका आवश्यक'
महोत्तरी : सामाजिक धरोहर संरक्षणका निम्ति सबैको भूमिका महत्वपूर्ण हुने मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताएका छन्।
शनिबार रेडियो रूपान्तरणले गौशालामा आयोजना गरेको समा चकेवा प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन्।
उनले भने, 'सामाजिक तत्वको संरक्षणको जिम्मेवारी सबैले निर्वाह गर्नुपर्ने आवश्यकता छ। यो कार्य एकजनाले मात्र सम्भव छैन। हाम्रा पौराणिक सांस्कृतिक तत्वहरू समाजबाट लोप भइरहेको छ। यसलाई बचाउनु आवश्यक छ।'
नगरप्रमुख डा. दिपेन्द्र महतोले समाज परिवर्तनका निम्ति छोरी बुहारीलाई नै सम्वाहकको भूमिकामा प्रस्तुत गर्दा समयमै परिवर्तन सम्भव रहेको धारणा राखेका छन्।