राजनीतिक व्यवस्था परिवर्तन भयो, अब आर्थिक अवस्था परिवर्तनमा लागौं : पुन

राजनीतिक व्यवस्था परिवर्तन भयो, अब आर्थिक अवस्था परिवर्तनमा लागौं : पुन

रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताएका छन्। लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले राजनीतिक व्यवस्था परिवर्तनपछि विगतमा भन्दा विकासका काममा गति आइरहेको दाबी गरेका हुन्। 

एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ। ‘हामीले व्यवस्था बदल्यौँ। अब अवस्था बदल्छौँ।’ पूर्व अर्थमन्त्री पुनले भने, ‘विगतमा भन्दा विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरुको निर्माण तीव्र गतिमा भइरहेको छ। हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत दिँदैन। राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ। जनताको अवस्था बदल्नु छ।’

पुनले विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गएपनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क गरे।

गठबन्धन पाँच वर्ष नै कायम रहन्छ

उनले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने दाबी गरे। ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे।  पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ।  

उनले भने, ‘पाँच वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो।’

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए। राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए। ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो। पुनले न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप लगाए। 

रोल्पाका ३० वर्षमा काँग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए। रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन्। सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन्।

पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे। उनले भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौँ। तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं। रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.