ट्विटरमा केही परिवर्तन गर्दै मस्क :  २८० अक्षरभन्दा बढी ट्विट गर्न सकिने

ट्विटरमा केही परिवर्तन गर्दै मस्क :  २८० अक्षरभन्दा बढी ट्विट गर्न सकिने

वासिङटन डिसी : ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विटरमा  थप केही परिवर्तन गर्ने बताएका छन्। उनले छिट्टै ट्विटरमा २८० भन्द धेरै अक्षर लेख्न सक्ने बनाइने बताए।

उनले ट्वीट गर्दै भने, 'ट्विटरले चाँडै लामा लेखाइ ट्विट गर्न मिल्ने फिचर बनाउँदै छ। यसले नोटप्याड स्क्रिनसटको समस्या समाधान गर्नेछ।'

अहिले तपाई ट्विटरमा २८० अक्षरभन्दा बढी लेख्न सक्नुहुन्न। यो परिवर्तन पछि भने ठूला अनुच्छेदहरु पनि ट्विट गर्ने सकिनेछ। 

उनले थप भने, 'सबै प्रकारका सामग्रीका लागि क्रिएटर मनिटाइजेशन पनि दिइनेछ।' यसको मतलब ट्विटरमा मानिसहरूले सबै प्रकारका सामग्रीमा विज्ञापन मार्फत पैसा कमाउन सक्षम हुनेछन्। एलन मस्कले ट्विटर खरिद गरेपछि धेरै परिवर्तनहरू गरिएको छ।

मस्कले पहिला ट्विट सम्पादन गर्ने सुविधा दिने कुरा गरेका थिए। यो सुविधा उनको ट्विटर किन्नुअघि नै सीमित रूपमा भने दिइएको थियो।

यसपछि ट्वीटरमा ब्लु टिकको शुल्क तिर्नुपर्ने नयाँ नियम बनाइएको छ। यसका लागि मस्कको आलोचना पनि भइरहेको छ।

ट्विटरले सुरुमा केही देशहरूमा आईओएस उपकरणहरूमा मात्र ब्लू टिकि सेवा सुरु गर्ने बताएको छ। ट्विटरमा ब्लु टिक लगाउनका लागि मानिसले हरेक महिना आठ डलर तिर्नुपर्नेछ।

ट्विटरमा कामदार निकालिएको कुरा पनि विवादको विषय बनेको छ। विश्वभरिबाट हजारौं मानिसहरू ट्विटरबाट निकालिएका छन्। भारतमा पनि ठूलो संख्यामा मानिसले रोजगारी गुमाएका छन्।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.