बलात्कार आरोपमा पक्राउ परे श्रीलंकन ब्याटर धनुष्का

बलात्कार आरोपमा पक्राउ परे श्रीलंकन ब्याटर धनुष्का

सिड्नी: श्रीलंकन ब्याटर धनुष्का गुनाथिलका एक महिलालाई बलात्कार गरेको आरोपमा अस्ट्रेलियामा पक्राउ परेका छन्। सिड्नीको सेन्ट्रल विजनेस डिस्ट्रिक्टबाट आइतबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

गतसाता रोजे बेमा एक महिलामाथि यौन दुर्व्यबहार गरेको उजुरीपछि उनी शनिबार राति करिब १ बजे पक्राउ परेका हुन् ।

‘अनलाइन डेटिङ एपमार्फत केही दिनयता ती महिला र पुरुष (धनुष्का)बीच कुराकानी भइरहेको थियो, उनले नोभेम्बर २ मा ती महिलालाई बलात्कार गरेको उजुरी परेको छ,’ न्यु साउथ वेल्स प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अनुसन्धानकै क्रममा अपराध भएको स्थानको विशेष टोलीले हिजो (शनिबार) निरीक्षण गरेको थियो। थप अनुसन्धानकै क्रममा सिड्नीस्थित ससेक्स होटेलबाट ३१ वर्षीय पुरुष पक्राउ परेका छन्।’

चार पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई सिड्नी प्रहरी चौकीमा राखिएको पनि वक्तव्यमा उल्लेख छ।

यस्तै, श्रीलंका क्रिकेटले पनि एक विज्ञप्ति जारी गर्दै धनुष्का पक्राउ परेको आईसीसीले जानकारी दिएको बताएको छ।

‘धनुष्का पक्राउ परेको आईसीसीले जानकारी गराएको छ, र उनलाई नोभेम्बर ७ (सोमबार)मा अदालतमा उपस्थित गराइँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रीलंका क्रिकेटले अदालतमा हुने प्रक्रियाको पूर्ण निगरानी गर्नेछ र आईसीसीसँग पनि यो विषयमा छलफल गर्नेछ। यदि खेलाडी दोषी प्रमाणित भए उनीमाथि कठोर निर्णय लिइनेछ।’

धनुष्का ह्याम्स्ट्रिङका कारण विश्वकप खेलिरहेको टिमबाट बाहिरिएका थिए। टिममा उनको प्रतिस्थापन भइसके पनि अस्ट्रेलियामै रहेका धनुष्काले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ४६ टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले सन् २०१५ को नोभेम्बरमा श्रीलंकाली टिमबाट डेब्यू गरेका थिए।

समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्डसँग पराजित भएसँगै श्रीलंकाको विश्वकप यात्रामा पूर्णविराम लागिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.