जात्रा मनाउन दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा दुई दिन सार्वजनिक बिदा
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा मनाउन सार्वजनिक बिदा दिइएको दुवै स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् ।
आज र भोलि मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
दार्चुलाको महाकाली अगरपालिकाका ७,८, र ९ न वडामा संचालित विद्यालयहरुमा पनि बिदा दिइएको श्री माल्कार्जुन नमुना मावि धापका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीले बताए ।