भक्तपुरमा नमुना मतदान : प्रमुख जिल्ला अधिकारी मतदाता, मतदान अधिकृत स्वयंसेवक

भक्तपुरमा नमुना मतदान : प्रमुख जिल्ला अधिकारी मतदाता, मतदान अधिकृत स्वयंसेवक

भक्तपुर  : भक्तपुरमा आइतबार नमुना मतदान सम्पन्न भएको छ । 

मतदानमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले मतदान गरे । भक्तपुर नगरपालिका परिसरमा मतदान सम्पन्न भएको हो । जिल्ला निर्वाचन कार्यालय भक्तपुरद्वारा कार्यक्रम आयोजना गरिएको थियो ।  
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको हो ।

कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रनाउ राजु पाण्डे, इन्द्रबक्स गण सूर्यविनायक ब्यारेकका सेनानी श्यामराजाविक्रम थापा, सशस्त्र प्रहरी बल गुहेश्वरीका सप्रउ. नरबहादुर राउत, कार्यालय प्रमुखहरु, पत्रकारहरु, नगरपालिकाका कर्मचारीलगायत सर्वसाधारण गरी ११० जनाले नमुना मतदान गरेका थिए ।  

नमुना मतदानमा जिल्ला निर्वाचन कार्यालय र भक्तपुर नगरपालिकाका कर्मचारीहरुले मतदान कार्यमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी तथा स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.